२०८३ भाद्र ३० मंगलबार

साफा द्वारा सिटिजन्स बैंक पुरस्कृत

ई आर्थिक    बुधबार, मंसिर १८ २०७६
30.8K
Shares
साफा द्वारा सिटिजन्स बैंक पुरस्कृत

१७ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा पुरस्कृत भएको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ । साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

साफाद्वारा बैंकले लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ । साथै बैंकलाई द इन्स्टिच्युड अफ चाटर अकउन्टेन्ट्स अफ नेपाल(आइक्यान)ले समेत वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड २०१८,२०१७,२०१५ पुरस्कृत गरिसकेको छ। बैंकले देशैभरी आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको जनाएको छ ।

बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij