२०८३ साउन ११ सोमबार

नेपाली कामदार मलेसियामा भटाभट मर्न थालेपछि आफन्तजन चिन्तित

ई आर्थिक    मंगलबार, मंसिर १७ २०७६
9K
Shares
नेपाली कामदार मलेसियामा भटाभट मर्न थालेपछि आफन्तजन चिन्तित

ई–आर्थिक, काठमाडौं । रोजगारीको खोजी गर्दै मलेसियाको श्रम बजारमा पुगेका नेपाली कामदार भटाभट मर्न थालेको खबरले मलेसियामा कार्यरत कामदारको परिवारमा चिन्ता छाएको छ । दिनमा औसत २ जना मर्न थालेको खबरले यहाँका आफन्तजन पिरोलिन थालेका हुन । मृत्युको कारण पत्ता नलाग्दा झनै त्रास बढेको उनीहरुको भनाई छ । गएको शुक्रबारदेखि आइतबारसम्ममा ६ नेपालीको मृत्यु भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले मृत्युको कारण थाहा नभएको जनाएको छ । दताबासका अनुसार सुनसरीका सुन्दर श्रेष्ठ, सल्यानका प्रदिप बस्नेत, खोटाङका टंक बहादुर सार्की, रमेश बहादुर बोहोरा, दैलेख भगवतीमाई गाउँपालिका गोपाल रोकाया र अर्का नेपाली गरी ३ दिनमा ६ जनाको मृत्यु भएको छ । नेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य देशमा पर्ने मलेसियामा लाखौ नेपाली कामदार कार्यरत छन् ।

नेपालसँग मिल्दोजुल्दो हावापानी, उस्तै खानपान र उद्योगमा काम पाइने हुदा नेपालीको पहिलो छनोटमा मलेसिया पर्छ । खाडीभन्दा खुकुलो कानुनी ब्यबस्थाका कारण त्यहाँ कामदारहरु नियमित रक्सी सेवन गर्छन । यो पनि मृत्युको कारण हुने गरेको वैदेशिक रोजगार बोर्डको भनाई छ ।

नेपाली श्रमिकको मृत्युका बारेमा गम्भीर अनुसन्धान भइरहेको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए । राजदुत पाण्डेका अनुसार मृत्युको कारणका बारेमा दूतावासले मलेसियाको सम्बन्धीत निकायसँग छलफल गरिरहेको छ। अहिलेसम्म मलेसिया गएका ३ हजारभन्दा धेरै नेपाली श्रमिकले ज्यान गुमाएको सरकारी तथ्याङ छ ।

मलेसियामा झण्डै वार्षिक २ सय श्रमिकको मृत्यु हुने गरेको तंथ्याकमा छ । हृदयघात, चुरोट,जाडरक्सीको बढी सेवन, असुरक्षित खानपिन, प्रदुषित हावापानी, मुटु, कलेजोमा समस्या आएर कामदारको मृत्यु हुने गरेको दूतावासले जनाएको छ । यस्ता समस्याबाट बच्ने उपाय नसिकाइ श्रमिक रोजगारीमा मलेसिया पठाउदा मृत्युको मुख्य कारण भइरहेको छ । मलेसियामा रोजगारीका लागि नेपालीको कसरी मृत्यु हुन्छ भने विषयमा सरकारले अनुसन्धान गरेको छैन ।

सरकारले ४ वर्षअघि रोजगारका लागि विभिन्न देश पुगेका श्रमिकको मृत्युका कारण खोज्न एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले ४ वर्षसम्म केही काम गर्ने सकेको छैन । वैदेशिक रोजगारी क्रममा मृत्युका विषयमा सरकारले चासो दिएर काम गरिरहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताउँछन् ।

अबैधानिक नेपालीहरु घर फर्किने ब्याक फर गुड कार्यक्रम चलिरहेकोले आउदो नयाँ बर्ष २०२० देखि यहाँ रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारेमा सचेतना कार्यक्रम सञ्चालन हुने दूतावासको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij