२०८३ भाद्र २७ शनिबार

गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत

ई आर्थिक    मंगलबार, मंसिर १७ २०७६
4.6K
Shares
गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत

ई–आर्थिक, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेषबहादुर बस्नेतलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाएको छ । स्नातकोत्तर तह उर्तिण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा बिभिन्न तह सहित बिभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको लामो अनुभव रहेको छ ।

कम्पनीले लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ ।

भेष बहादुर बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गते देखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी मंसिर १५ गतेबाट लागू हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij