२०८३ साउन ११ सोमबार

धरानमा नेकपालाई धक्का, २८ वर्षदेखिको कम्युनिष्ट किल्ला तोड्दै मेयरमा कांग्रेसका तिलक राई विजयी

ई आर्थिक    सोमबार, मंसिर १६ २०७६
12.2K
Shares
धरानमा नेकपालाई धक्का, २८ वर्षदेखिको कम्युनिष्ट किल्ला तोड्दै मेयरमा कांग्रेसका तिलक राई विजयी

ई–आर्थिक, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपालाई धक्का लागेको छ । धरानमा २८ बर्षदेखिको कम्युनिष्ट किल्ला तोड्दै मेयरमा नेपाली काँग्रेसका तिलक राई विजय भएका छन् ।

५५ हजार मत खसेको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका छन् । तिलकले प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका छन् ।

यसअधिको निर्वाचनमा तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार तारा राई विजयी भएका थिए । तर यसपटक भने धरानको मेयर पद कांग्रेसले खोसेको हो ।

दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० वडा मध्ये ५ वडा ९१४, ५, २, १ र १८० मात्रै जितेको थियो । जुनबेला तत्कालिन नेकपा (माओवादी केन्द्र) ले १७ नम्बर तथा तत्कालिन एमालले बाँकी सबै १४ वटै वडा जितेको थियो।

२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालिन (एमाले) का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा (एमाले)का तारा राई चार हजार मतान्तरले विजयी भएका थिए । उनको मृत्यु भएपछि धरानमा उपनिर्वाचन भएको हो ।

धरानको यो निर्वाचनलाई देशभरी विशेष चासोको रुपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij