२०८३ असोज २ शुक्रबार

लक्ष्मी लघुवित्तको नवौ बार्षिकोत्सव

ई आर्थिक    शनिबार, मंसिर १४ २०७६
9.3K
Shares
लक्ष्मी लघुवित्तको नवौ बार्षिकोत्सव

ई–आर्थिक, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिकोत्सब मनाएको छ । संस्थाको २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा कम्पनीको स्थापना भएको थियो । लक्ष्मी लघुवित्त लक्ष्मी बैंकको सहायक कम्पनी हो ।

कम्पनीको नवौंं वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्नै भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने काठमाण्डौको बुढानिलकण्ठ–४ चण्डेश्वरी स्थित पवित्र समाज नेपालद्वरा सञ्चालित अनाथ बालबालिका तथा बृद्धबृद्धा आश्रमलाई सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु तथा लत्ताकपडा समेत उपलब्ध गराएको थियो ।

त्यस्तै गरी विभिन्न शाखा कार्यालयहरुबाट स्थानिय स्तरका विद्यालयहरुमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरीएको थियो ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५२ जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८२ हजार ५ सय ५५ ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ ।

चालु आर्थिक वर्षमा संस्थाले थप शाखाहरु विस्तार गरी वित्तीय पहुच नपुगेको तथा कम पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको उक्त लघुवित्तले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij