२०८३ साउन १२ मंगलबार

टुटल र पठाओप्रति यातायात मन्त्री नेम्बाङ सकारात्मक

ई आर्थिक    बुधबार, मंसिर ११ २०७६
9.8K
Shares
टुटल र पठाओप्रति यातायात मन्त्री नेम्बाङ सकारात्मक

ई–आर्थिक, काठमाडौं । सर्बसुलभ र बिस्वासनीय सेवा दिएर सर्बसाधारण जनताको बिस्वास जितेको टुटल र पठाओको सेवा नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिनुभएको छ ।

ट्याक्सी चालक संघको दबाबमा केही दिनअघिबाट ट्राफिक प्रहरीले टुटल र पठाओलाई रोक्ने निर्णय गरेका थिए । यस कदमको जनस्तरमा ब्यापक आलोचना भएपछि बिभागीय मन्त्रीले यस्तो निर्णय गरेका हुन । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिनुभएको थियो ।

कानुन बनाएर यस्ता सेवा सन्चालनको तयारीमा सरकार देखिएको छ । सिर्जनशील युवाहरूले सन्चालन गरेको र ठूलो संख्यामा युवाहरुले रोजगार पाइरहेको मात्र नभई यात्रुहरूले सहज र सस्तो रुपमा सेवा पाइरहेकाले यसलाई तत्काल नरोक्न मन्त्रीको निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

नयाँ अबधारणाको यो सेवालाई कसरी ‘यातायातको कार्यविधिमा समेटेर अघि बढ्ने भन्ने बिषयमा छलफल र अध्ययन आवश्यक भएकाले राम्रो अध्ययन गरेर कानुन नबनाउन्जेल यथास्थितिमा चल्न दिन मन्त्रीले निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij