२०८३ साउन ९ शनिबार

सहकारी मार्फत् गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ : मन्त्री अर्याल

ई आर्थिक    मंगलबार, मंसिर १० २०७६
6.5K
Shares
सहकारी मार्फत् गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् ।

स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताएकी हुन् ।

‘हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्न सक्ने भएकी छन्’ मन्त्री अर्यालले भनिन्, ‘यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।’

उनले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोबार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानुन निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भनिन्, ‘सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत सुरु गर्ने तयारीमा सरकार रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij