२०८३ साउन १० आइतबार

एक हप्तापछि अनलाइनबाटै श्रम स्वीकृति

ई आर्थिक    सोमबार, मंसिर ९ २०७६
7.8K
Shares
एक हप्तापछि अनलाइनबाटै श्रम स्वीकृति

ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आउँदो मङ्सिर १५ गतेदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरिएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउन बैदेशिक रोजगार बिभागले यस्तो तयारी गरेको हो । गत हप्ताबाट ई–स्टिकर सुरु गरेको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । यो विद्युतीय प्रणाली कार्यान्वयनमा आएपछि बैदेशिक रोजगारीको क्षेत्रले सुधारको ठूलो फड्को मार्ने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । यसले वैदेशिक रोजगारीलाई ब्यबस्थित र मर्यादित बनाउनुको साथै बिदेश जाने प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उनको भनाई छ ।

यो प्रणाली कार्यान्वयनमा आए श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन पनि सक्छन् ।

पाल्पाबाट आउने सेवाग्राहीले काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्ने महानिर्देशक भूषालको भनाई छ । यो प्रणाली कार्यान्वयनमा आएमा श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य हुने छ । अर्कोतिर श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस पठाउने व्यवस्था पनि गर्न लागेको छ ।

श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ ।

बिभागले विद्युतीय भुक्तानीका लागि लामो समयदेखि प्राविधिक तयारी गरेर सेवा प्रदायकसँग सम्झौताको चरणमा पु¥याएको छ । यो पनि छिट्टै कार्यान्वयनमा आउने बताइएको छ । यो प्रणाली लागू भएपछि कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था पनि अन्त्य हुने बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij