ई–आर्थिक, काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पुनर्बीमा कम्पनीद्वारा सम्मानित भएको छ । कम्पनीले आ.व. २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सो सम्मान पत्र प्रदान गरिएको हो ।
उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरेका थिए ।
आई. एम. ई. लाइफ इन्स्योरेन्सले देशैभर ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपाली माझ उत्कृष्ट सेवा पु¥याउदै आएको छ । त्यसैगरी कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमायोजना प्रचलनमा ल्याएको छ ।
निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं वीमितहरmको चाहना अनुरmप नौला एवं लाभदायक बीमा योजनाहरm प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरm मार्फत सेवा विस्तार गरी जीवन वीमाको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ ।