२०८३ साउन ११ सोमबार

सिटी एक्सप्रेसको पहिलो लखपति बने गोबिन्द थापा

ई आर्थिक    बुधबार, मंसिर ४ २०७६
6.6K
Shares
सिटी एक्सप्रेसको पहिलो लखपति बने गोबिन्द थापा

ई–आर्थिक, काठमाडौँ । जापानबाट पैसा पठाउने गोविन्दबहादुर थापा सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा भएको छ । बागलुङका उनी लखपति एक्सप्रेसको पहिलो महिनामा लखपति बनेका हुन् ।

पछिल्लो समय जापानमा बस्दै आएका थापाले सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाउँदा असोज महिनाको पहिलो लखपति बनेर एक लाख रुपैयाँ जितेका छन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,००,०००) रुपैयाँ गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ ।

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १०,००,००० जित्न सक्ने छन् ।

असोज एक गतेदेखि सुरु भएको यो योजना मंसिर ३० गतेसम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

कम्पनीका अनुसार, यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत बिजेता छनौट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij