ई–आर्थिक, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः नूर प्रकाश प्रधान (एनपी) लाई निरन्तरता दिएको छ । कम्पनी संचालक समितिको बैंठकले प्रधानलाई नै पुनः सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संचालक समितिले सिईओ प्रधानलाई आगामी ४ बर्षका लागि कार्यकाल थप गरेको हो । यस अघि उनले उक्त कम्पनीमा ४ बर्ष सिईओ भएर व्यवस्थापकीय नेतृत्व गरिसकेका छन् ।