ई–आर्थिक, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा सहदेव तिवारीलाई नियुक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायको कार्यकाल सकिएपछि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा तिवारीलाई जिम्मेवारी दिइएको हो ।
उपाध्यायको कार्यकाल कात्तिक मसान्तदेखि सकिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले तिवारीलाई नायब सीईओको जिम्मेवारी दिएको कम्पनीले जानकारी दिएको छ ।