२०८३ भाद्र ३० मंगलबार

लगानीसहित ३३ उत्तर कोरियाली लगानीकर्ता स्वदेश फर्किए

ई आर्थिक    आइतबार, मंसिर १ २०७६
4.3K
Shares
लगानीसहित ३३ उत्तर कोरियाली लगानीकर्ता स्वदेश फर्किए

ई–आर्थिक, काठमाडौं । उत्तर कोरियाली लगानीकर्ताले नेपालमा गरेको लगानी फिर्ता लिएर स्वदेश फर्केका छन् । नेपाल सरकारले स्वदेश फिर्ता हुन चेतावनी दिएपछि उनीहरु स्वदेश फर्किएका हुन् ।

सो सम्बन्धिको जानकारी संयुक्त राष्ट्र संघलाई सरकारले गराइसकेका छन् । यसअघि संयुक्त राष्ट्र संघले नेपालमा कोरियाली लगानी रहेकोे भन्दै दबाव दिंदै आएको थियो । राष्ट्र संघले समयसीमा तोकेरै लगानी फिर्ता गर्न ताकेता गरेको थियो ।

राष्ट्र संघले उत्तर कोरियालाई अन्य देशसँगको आर्थिक कारोवारमा प्रतिवन्धसँगै निषेध गरेको छ ।

उत्तर कोरियालीले नेपालमा विगत २३ वर्ष अघिदेखि लगानी गर्दै आएको थियो । नेपालमा मिसन अस्पताल, होटल, रेष्टुरेन्टदेखि सफ्टवेयर डेभलपमेन्टको क्षेत्रमा लगानी ल्याएका थिए । गत वर्ष मात्रै नेपालमा २३ करोड हाराहारी उत्तर कोरियाली लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभागका अनुसार यसअघि नेपालमा १८ करोड ६५ लाख ४९ हजार नेपाली रुपैयाँ बराबरको उत्तर कोरियाली लगानी रहेको थियो ।

कोरियाली लगानीकर्ताले सबैभन्दा बढी होटल रेष्टुरेन्टका क्षेत्रमा लगानी गर्दै आएका थिए । उनीहरुले नेपालमा हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एन्ड रेस्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चान्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, मिनस रेष्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेष्टुरेन्ट र नेकोर्यो अस्पताल लगायत कोरियाली लगानीका व्यवसाय नेपालका विभिन्न स्थानमा लगानी भएका थिए ।

कोरियाली लगानीका उद्योग तथा व्यवसायबाट ४ उत्तर कोरियालीसहित ३ सय ४६ जनाले रोजगारी पाएको श्रम विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij