२०८३ साउन ११ सोमबार

प्रभु बैंकले कोशी अस्पतालमा काउण्टर सञ्चालन गर्ने

ई आर्थिक    आइतबार, मंसिर १ २०७६
4.5K
Shares
प्रभु बैंकले कोशी अस्पतालमा काउण्टर सञ्चालन गर्ने

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्पmबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंकका तर्पmबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचार सेवामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा प्रभु बैंक सम्बन्धित सबैप्रति बैंकले आभार व्यक्त गरेको छ ।

समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउन सर्वदा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij