ई–आर्थिक, काठमाडौं । लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले यस कम्पनीले जन समक्ष ‘सानिमा कर्जा म्यादि बीमा योजना’ प्रस्तुत गरेको छ ।
यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिइ परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थितिबाट जोगाउछ ।
न्युनतम प्रवेश उमेर १६ बर्ष हुनुपर्ने, अधिकतम प्रवेश उमेर ६९ बर्ष, न्युनतम बीमाङ्क रु. ५,००० (पाँच हजार) हुनुपर्ने, अधिकतम बीमाङ्क रु. १०,००,००० (दश लाख) हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कालगति मृत्यु लाभ ऋण रकम बराबर हुने, दुर्घटना मृत्यु लाभ ऋण रकमको २० प्रतिशत देखि २०० प्रतिशत सम्म, दुर्घटना पूर्ण स्थाई अशक्तता ऋण रकमको २० प्रतिशत देखि २०० प्रतिशतसम्म उपलब्ध हुने छ ।
त्यसैगरी काजक्रिया खर्च ऋण रकमको ५ प्रतिशत देखि ३० प्रतिशतसम्म वा रु. ३०,००० जुन कम हुन्छ सोही उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सीनाले जानकारी दिए ।