२०८३ साउन ११ सोमबार

कोरियामा ४७ हजार सुंगुर मारिए, नदी नै रक्ताम्मे

ई आर्थिक    शुक्रबार, कार्तिक २९ २०७६
3.3K
Shares
कोरियामा ४७ हजार सुंगुर मारिए, नदी नै रक्ताम्मे

दक्षिण कोरियाले ‘स्वाइन फिबर’को कारण देखाउँदै ४७ हजारवटा सुंगुर एकैपटक मारेर नदीमा फ्याँकिदिँदा यस्तो भएको हो । ‘अफ्रिकन स्वाइन फिबर’ सर्नसक्ने भन्दै कोरियाली अधिकारीहरुले यति ठूलो संख्यामा सुंगुर मारिएको बताइएको छ ।

कोरियामा ‘अफ्रिकन स्वाइन फिबर’ तिब्र र उच्च संक्रमणको जोखिममा पर्ने जनावरको रुपमा लिइन्छ । यो संक्रमण भएको सुंगुरको बाँच्ने सम्भावना लगभग शुन्य हुने विज्ञहरुको भनाइ छ । मान्छेमा सर्ने सम्भावना भने नभएको उनीहरुको भनाइ छ ।

आमसंहार भइरहँदा रगतका कारण अन्य सुंगुरमा संक्रमण सर्ने कुरा अधिकारीहरुले स्वीकार गरेका छैनन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यसरी हत्या गरिएका सुंगुरलाई एक सातासम्म थुप्रै कामदार लगाएर ट्रकमा लोड गर्दै सीमाक्षेत्रस्थित नदीमा लगेर फालिएको हो ।

‘अफ्रिकन स्वाइन फिबर’को संक्रमण दक्षिण कोरियामा हालै मात्र देखिएको हो । उत्तर कोरियामा भने यो संक्रमण गत मे महिनामै देखिएको थियो । तर दक्षिणले आफ्नो सीमाक्षेत्रमा शतर्कता अपनाउँदैआएको थियो । सावधानीका बावजुद दक्षिणमा गत सेप्टेम्बरमा यस्तो संक्रमण सुरु भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij