ई–आर्थिक, काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको आ.व. २०७४÷०७५ को २५ औं बार्षिक साधारणसभा सम्पन्न भयो । वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा बैठक बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफल गरी पारित भयो ।
त्यसैगरी सञ्चालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारणसभाको बहुमतले पारित भएको घोषणा सञ्चालक समितिका अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा भएको थियो ।
प्रस्तावहरुमा आ.व. २०७४/०७५ बार्षिक प्रतिवेदन, सोही आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो ।
त्यसैगरी बिशेष प्रस्तावको रुपमा पेश भएको सञ्चालक समितिको संरचनामा ७ जना सञ्चालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने÷गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
सभाध्यक्ष भरतबहादुर कार्कीबाट उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै सौहार्दपूर्ण वातावरणमा बार्षिक साधारण सभा सम्पन्न भएको कम्पनीका सचिब बिदुरबहादुर भुजेलले जानकारी दिए ।