२०८३ साउन ११ सोमबार

कमल आधारभूत विद्यालयलाई कुमारी बैंकद्वारा सहयोग

ई आर्थिक    बुधबार, कार्तिक २७ २०७६
4.8K
Shares
कमल आधारभूत विद्यालयलाई कुमारी बैंकद्वारा सहयोग

ई–आर्थिक, काठमाडौं । कुमारी बैंकले काठमाडौंको कमलपोखरीमा रहेको कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ । विपन्नवर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिँदै उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर सहयोग प्रदान गरेको हो । त्यसैगरी बैंकले कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्ति रकम पनि प्रदान गरेको छ ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

सहयोग कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij