ई–आर्थिक, ललितपुर । सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शशिधर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेल उपस्थिति हुनुहुन्थ्यो । सो सभामा राष्ट्रिय सहकारी महसंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ललितपुरको महालक्ष्मी नगरपालिकाका ९ नं. वडाका वडाध्यक्ष बासुदेव शर्मा, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष दिल नापित लगायतका अतिथिहरुको उपस्थिति रहेकोे थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा अध्यक्ष पोखरेलले ५४२ जना सदस्यवाट शेयर पूँजी रू. ४८,२५,४००/– संकलन गरेको तथा निक्षेप संकलन रू. २,६८,२८,७६४/– पुगेको जानकारी दिए । त्यस्तै कर्जा लगानी रू. २,५३,२३,५६३/– रहेको र कर्जा असुली उत्साहजनक रहेको पनि सभामा उनले जानकारी दिए ।

कृषि क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने रासायनिक मल तथा विउ विजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै आगामी बर्ष संस्थाले कृषि पर्यटन सम्बन्धी कार्यहरु गर्ने लक्ष्य लिएको पनि सभामा जानकारी दिइइो । त्यसैगरी जेष्ठ सदस्य तथा फरक क्षमता भएका सदस्यहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं. ९ मा सञ्चालित यो सहकारी स्थानीयस्तरमा चर्चित सहकारीको रुपमा स्थापित छ ।