२०८३ साउन ११ सोमबार

सहकारी बैंकमार्फत सहकारीका सदस्यले एटीम सेवा पाउने

ई आर्थिक    शुक्रबार, कार्तिक १ २०७६
4.1K
Shares
सहकारी बैंकमार्फत सहकारीका सदस्यले एटीम सेवा पाउने

ई–आर्थिक, ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरुले उपभोग गर्न पाउने गरी एटिएम सेवा उपलब्ध गराउने भएको छ ।

कृषि विकास बैंकसंगको सहकार्यमा सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाका सदस्यहरुलाई एटिएम सेवा उपलब्ध गराउन लागेको हो ।

सहकारी बैंक र कृषि विकास बैंक लिमिटेडबीच एटिएम सञ्चालन सम्बन्धी सम्झौतामा मंगलबार सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले एटिएम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सहकारी बैंक मार्फत देशभरका सहकारीका सदस्यहरुले सुलभ रुपमा सुरक्षित कार्ड प्रयोग गर्न सक्ने तथा बैंकले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग गरी सहकारीका सदस्यहरुलाई समेत नबीनतम सुविधा उपभोगको अबसर प्रदान गर्ने लक्ष्य सहित सम्झौता भएको सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।

सहकारी बैंकका सदस्य सहकारी संघ संस्थाहरुले बैंकका शाखा कार्यालयमार्फत तोकिएको प्रक्रिया पूरा गरेर आफ्ना सदस्यहरुलाई एटिएम कार्ड प्रदान गर्न सक्नेछन् । यूनियन पे इन्टरनेशनलको आधुनिक चिप तथा पिन सहितको सुरक्षित कार्ड देशभर जूनसुकै स्थानमा प्रयोग गर्न सकिने कृषि विकास बैंकले जनाएको छ ।

सम्झौता पश्चात कृषि विकास बैंकमार्फत राष्ट्रिय सहकारी बैंकसंग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारीका सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij