२०८३ साउन ११ सोमबार

सहयोगी विकास बैंकका पूर्वसञ्चालक यादव तीन महिनापछि पक्राउ, बैंकका अन्य विवादका विषय कसरी टुङ्गो लाग्ला ?

ई आर्थिक    बिहिबार, असोज ३० २०७६
10.9K
Shares
सहयोगी विकास बैंकका पूर्वसञ्चालक यादव तीन महिनापछि पक्राउ, बैंकका अन्य विवादका विषय कसरी टुङ्गो लाग्ला ?

ई–आर्थिक, जनकपुर : जनकपुरमा मूख्य कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडका पूर्वसंचालक दिपेन्द्रकुमार यादव पक्राउ परेका छन् । नेकपाका नेता समेत रहेका यादव दिपु नामबाट चिनिन्थे । उनी धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए।

किर्ते गरेर ठगी गरेको आरोपमा फरार यादवलाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि उनी प्रहरीको फरारको सूचिमा थिए ।

बैंककै कार्यालयमा गएर राजीनामा दिएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । सत्तापक्षका नेता भएका कारण उनी खुलेआम हिड्दा समेत प्रहरीले पक्राउ नगरेको पिडितको आरोप थियो । प्रहरीले उनलाई नपक्रेर बचाउ गरेको भन्दै पिडित आक्रोशित भएका थिए ।

अदालतले दोषी ठह¥याएको पक्राउ पुर्जी दिंदा यादब बैंकको सञ्चालक समितिका सदस्य थिए । बैंकले समेत उनको लामो समय बचाउँ गरेको थियो । यादवकै सहजतामा अदालतले दोषी ठह¥याएर पक्राउ पुर्जी दिएको लामो समय वितिसक्दा पनि बैंकले सञ्चालकबाट हटाएको थिएन । केही दिन पछि बल्ल बैंकले आफ्नो वेबसाइटमा फोटो हटाएर नाम मात्र राखेको थियो भने त्यसको केही समय पछि मात्रै फोटो हटाएको थियो ।

जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता गर्दा समेत फिर्ता नगरेको अभियोग उनीमाथि छ ।
उनीसँग रौनियारले ८ वर्षअघि महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए। उक्त ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि रौनियारले यादवको विरूद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पीडित रौनियारको उक्त ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

स्मरणीय छ सहयोगी विकास बैंकका अध्यक्ष उदयकान्त झा लगायत केही सञ्चालकसँग सम्बन्धित विवादका विषय जस्ताका तस्तै छन् । उनीहरुको विरुद्धमा परेको विवादको विषयले अझै टुङ्गो लागेको छैन । बैंकमा रहेको अन्य विवादको विषय कसरी टुङ्गो लाग्ला त्यो भने हेर्न बाँकी छ ।

विवादै विवादले समस्याग्रस्त उन्मूख हुदै गएको उक्त बैंक यसअघिको व्यवस्थापकीय नेतृत्व परिवर्तन पछि गति लिएको थियो । केही सञ्चालकको स्वार्थमा काम नगरिदिएपछि उक्त व्यवस्थपकीय नेतृत्व परिवर्तन गरेर बैंक फेरि नयाँ व्यवस्थापकीय नेतृत्वबाट अगाडि बढिरहेको छ ।

अहिले बैंकलाई सिटिजन्स् बैंक इन्टरनेशनलले प्राप्ती गर्ने अन्तिम तयारीमा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij