ई–आर्थिक, काठमाडौं । दरबारमार्गको भिक्टी लाउन्जका सञ्चालकले आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरेका छन् । प्रहरीसमक्ष पेश गरिएको क्षतिको उक्त दाबी गरिएको हो । तर प्रहरीले भने उक्त दाबी बढी भएको आशंका गरेको छ ।
दाबी धेरै भएको भन्दै प्रहरीले पुष्टि गर्ने आधार र विलहरू पेश गर्न भनेको छ ।
विद्युत् सर्ट भएर उक्त लाउन्जमा आइतबार साँझ आगलागी भएको थियो । घटनामा उक्त लाउन्जमा भएको सम्पूर्ण पूर्वाधार पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत ८ दमकलको सहायतामा ३ घन्टापछि उक्त भिषण आगलागी नियन्त्रणमा आएको थियो ।