सङ्घले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र’ विषयक अन्तक्र्रियामा सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा गरिने सबै प्रकारका कामलाई अब औपचारिक बनाउनुपर्नेमा जोड दिए।
उनले निजी क्षेत्रमा सङ्गठित सबै कामदारलाई कोषमा अनिवार्य रुपमा सूचिकृत गर्न व्यवस्था गरिएकाले सम्बन्धित व्यवसायीले आफ्नो संस्था र श्रमिकलाई सूचिबद्ध गर्नुपर्नेमा जोड दिए।
पूर्वमन्त्री परशुराम खापुङले सामाजिक सुरक्षामा आवद्ध भएपछि श्रमिकले योगदानमा आधारित सुविधा प्राप्त गर्नसक्ने हुँदा यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लागू गरेको श्रम ऐनलाई व्यवसायीले मानेर त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोडदिँदै त्यस्तो कार्यले व्यवसायलाई मर्यादित बनाउने उद्यमी तथा श्रमिकलाई थप सुरक्षित बनाउने बताए।
ट्रेड युनियनकर्मी ऋषभदेव घिमिरेले श्रमिकलाई आधारभूत ज्याला नदिएको यस क्षेत्रलाई व्यवस्थित बनाउन खाँचो औँल्याए। आयोजक सङ्घका अध्यक्ष सविना लिम्बूले अनौपचारिक क्षेत्रका कामदारले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुर्यौएकोले यस व्यवसायलाई मर्यादित र सुरक्षित गर्नुपर्ने उल्लेख गरे।