२०८३ साउन ९ शनिबार

आमा बहुउद्देश्यीय सहकारीले गरिमा रेमिट सञ्चालन गर्ने

ई आर्थिक    सोमबार, असोज १३ २०७६
10.6K
Shares
आमा बहुउद्देश्यीय सहकारीले गरिमा रेमिट सञ्चालन गर्ने

गरिमा बैंक र सहकारीबीच संझौता

ई–आर्थिक, काठमाडौं । आमा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र आमा बहुउदेश्यीय सहकारी संस्था लि.बीच सम्झौता सम्पन्न भएको छ ।

उक्त संझौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आमा बहुउद्देश्यीय सहकारी संस्थाको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आमा बहुउदेश्यीय सहकारी संस्थाबाट गरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ ।

गरिमाको मूख्य कार्यालय काठमाण्डौंमा छ भने सहकारी स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको छ ।

बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ९ वटा शाखा सहित देशभर ८७ शाखा र ४३ वटा एटीएम संचालनमा रहेको बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij