२०८३ भाद्र २९ सोमबार

मेगाले गण्डकीलाई प्राप्ती गर्ने

ई आर्थिक    बिहिबार, असोज ९ २०७६
6.4K
Shares
मेगाले गण्डकीलाई प्राप्ती गर्ने

ई–आर्थिक, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । मेगाले गण्डकी प्राप्ती गर्ने सम्बन्धी दुबै बैंकबीच सैद्धान्तिक सहमति भएको छ ।

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए।

गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने उनले जानकारी दिए।

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

मेगामा टुरिजम् डेभलपमेन्ट प्राप्ती पछि यो गण्डकी गाभिएको हो । अन्य बैंक प्राप्तीको लागि पनि यो बैंकले प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij