ई–आर्थिक, काठमाडौं । जनउत्थान बचत तथा ऋण सहकारी संस्था र पटाकसार बचत तथा ऋण सहकारी एकीकरण हुने भएको छ ।
ओमसतिया–१ ठुटिपिपलको पटाकसार बचत तथा ऋण सहकारी र तिलोत्तमा–१४ कोटिहवाको जनउत्थान बचत तथा ऋण सहकारी संस्था बीच एकिकरणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाको प्रतिनीधित्व गर्दै दुवै संस्थाको प्रतिनीधित्व गर्दै क्रमशः अध्यक्ष केश बहादुर थापा र ज्ञानु पौडयालले हस्ताक्षर गरेका थिए ।
यसअघि दुवै संस्थाले साधारण सभाबाट एक आपसमा एकिकरणको लागि प्रस्ताव पारित गरिसकेका थिए ।

संझौता अनुसार ओमसतिया–१ ठुटिपिपल मै पटाकसार सेवा केन्द्र रहने र पटाकसारको सबै कर्मचारीहरुलाई व्यवस्थापन गरिने भएको छ ।
संझौता पछि जनउत्थान साकोसमा १७५०० सदस्य पुगेको छ । त्यस्तै १ अर्ब ४४ करोड पूँजी पुगेको छ । त्यसैगरी कर्मचारी संख्या पनि ३६ जना भएका छन् ।
स्मरणीय त के छ भने यो भन्दा अघि जनउत्थानले ३ वटा सहकारी सँग एकिकरण गरिसकेको छ । यो दोश्रो पटक एकिकरण गरेको हो । एकीकरणपछि स्थानियस्तरमा रहेका सक्षम र सबल सबै सहकारीहरुलाई एकिकरण गर्दै विस्तारै सहकारी विकास अभियानलाई अझ उचाईमा पुर्याउने र देशको गरिबी न्यूनिकरण अभियानमा थप टेवा पुर्याउने लक्ष्य सहित अगाडि बढिरहेको संस्थाले जानकारी दिएको छ ।
