२०८३ साउन ११ सोमबार

चेम्वर अफ कमर्श झापामा बिमलीको अध्यक्षतामा नयाँ कार्यसमिति

ई आर्थिक    सोमबार, भाद्र २३ २०७६
7.5K
Shares
चेम्वर अफ कमर्श झापामा बिमलीको अध्यक्षतामा नयाँ कार्यसमिति

ई–आर्थिक, झापा । चेम्बर अफ कमर्शको झापा जिल्ला च्याप्टरको अध्यक्षमा ओमकृष्ण बिमली चयन भएका छन् । उक्त च्याप्टरको आज सम्पन्न प्रथम साधारणसभाले बिमली निर्बिरोध चयन भएका हुन ।

त्यसैगरी चेम्बर अफ कमर्श झापा च्याप्टरको वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ । च्याप्टरको उद्योग उपाध्यक्षमा दिपेन्द्र राउत र वाणिज्य उपाध्यक्षमा यामनाथ बिमलीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै महासचिवमा प्रदिप खरेल, कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता, वाणिज्य सचिवमा विरोध सुवेदी र उद्योग सचिवमा प्रेमा भट्टराईलाई चयन गरेको छ ।

त्यसैगरी सभाले सदस्यहरुमा विष्णुप्रसाद आचार्य, शिला ढकाल, गणेश पाठक (सुवोध), टंकप्रसाद भट्टराई, लक्ष्मी बस्नेत, मनोजकुमार अग्रवाल, अर्जुन चुँडाल, धरणी पोखरेल, लिला चिमरिया र कृष्ण राजभण्डारीलाई चयन गरेको छ ।

शिवकुमार अग्रवालको नेतृत्वमा बनाइएको निर्वाचन समितिले सर्वसम्मतिको प्रक्रियाबाट सो नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको रहने उद्योग उपाध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभा चेम्बरका झापा अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले संस्था स्थापनादेखि हालसम्म चेम्बर अफ कमर्श झापाले गरेका कामका विवरण सुनाए ।

अध्यक्ष अग्रवालले पेश गरेको प्रतिवेदनमा महिला चेम्बर झापा जिल्ला समिति तथा गाउँ नगर समितिहरु गठन गरेको, आन्तरिक राजश्व कार्यालय र आर्थिक पत्रकार समाजसँग मिलेर कर सचेतना अन्तरक्रिया गरेको, विपन्न विद्यार्थीहरुलाई स्वीटर तथा स्टेशनरी प्रदान गरेको लगायत उल्लेख छ ।

सभामा कोषाध्यक्ष दिपेन्द्र राउतले एक लाख ६० हजार ७०० रुपैयाँको आय व्यय विवरण सुनाएका थिए । झापामा चेम्बर अफ कमर्शका १०० जना सदस्य रहेका र उनीहरुबाट सदस्यता शुल्क स्वरुप लिइएको रकममात्र आम्दानी रहेको कोषाध्यक्ष राउतले जानकारी दिए ।

खर्चतर्फ महिला चेम्बर गठन, पदस्थापन, कर प्रशिक्षण, विधान निर्माण तथा संस्था दर्ता, स्वीटर एवम् स्टेशनरी सामान खरिद, कार्यालय व्यवस्थापन लगायतमा खर्च गरी १३ हजार ७१५ रुपैयाँ बचत गरिएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

साधारणसभामा बोल्ने सबैजसो वक्ताहरुले उद्योग वाणिज्य संघ र चेम्बरको उद्देश्य लगभग उस्तै रहेको सुनाउँदै एकले अर्काको विरोध नगरी दुबै निजीक्षेत्रका छाता संस्थाले उद्योगी र व्यवसायीको हितमा काम गर्नुपर्ने धाराण राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij