२०८३ साउन ९ शनिबार

व्यवसायी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    सोमबार, भाद्र ९ २०७६
15.7K
Shares
व्यवसायी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेकोे व्यवसायी बहुृद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्लीबहादुर विष्टको अध्यक्षता तथा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका पूर्व प्रशिक्षक तथा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

 

सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विष्टको विशेष अतिथ्यतामा सम्पन्न उक्त सभामा कामनपा वडा नं. १० का अध्यक्ष रामकुमार के.सी., ठोक्सिला दर्पण साप्ताहिकका सम्पादक टंक कार्की, फेजेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिरबहादुर थापा, जनकवि केशरी धर्मराज सावित्रि थापा प्रतिष्ठानका अध्यक्ष साहित्यकार मदनराज थापा, आर्थिक सरोकार समाज नेपालका अध्यक्ष गंगाबहादुर थापा, व्यापारी दिलिप मैनाली, व्यापारी उमेश महेश्वरी, सल्लाहकार समितिका संयोजक बासुदेव जोशी, खोटाङ्ग सेवा समाजका सचिव बाजिन्द्र विष्ट, कानुनी सल्लाहकार रत्ना कार्की (भट्टराई) लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्ष पर्शुराम विष्टले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सबैलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।

सभामा संस्थाका अध्यक्ष डिल्लीबहादुर विष्टले आव २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाले चालु आवबाट दैनिक उपभोग्य खाद्य सामाग्रीहरुको उत्पादन तथा विक्री कार्यलाई अगाडि बढाएको जानकारी दिनुभयो । अध्यक्ष विष्टले संस्थाको सेयर पूँजी १ करोड ५१ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको, ३ करोड ४७ लाख ८२ हजार ९ सय ७१ रुपैयाँ निक्षेप संकलन भएको, ४ करोड ४५ लाख ३१ हजार २ सय ३९ रुपैयाँ कर्जा लगानी गरेको पनि सभामा जानकारी दिनुभएको थियो । आव २०७५/०७६ मा संस्थाले ८३ लाख ७७ हजार ७ सय २९ रुपैयाँ आम्दानी गरेर ८२ लाख १६ हजार ८ सय ६१ रुपैयाँ खर्च भएको जानकारी पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न विधाअन्तर्गत विभिन्न व्यक्तिहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो । जस अनुसार बाल बचतकर्ता तर्फ हरिकृष्ण गौलीका छोरी रिता गौली (बानेश्वर), राजकुमार श्रेष्ठका छोरा डेविट श्रेष्ठ (बानेश्वर), दलप्रसाद बुढाकी छारी मृदुला बुढा (वानेश्वर) लाई नगद तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै यसबर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरीलाई पनि सम्मान गरिएको थियो । जसमा पर्शुराम विष्टका छोरा सुबोध विष्ट, नबराज राईका छोरा सज्जन राई, समिर विष्ट र उत्साव पाण्डेलाई नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै नारी बचत तर्फ जानकी रेग्मी, गौली (मध्ये वानेश्वर), व्यवसायी बचत तर्फ कृष्ण कुमारी सुकुभटु (बानेश्वर), साधारण बचत तर्फ रेणुका थापा (बानेश्वर), खड्गबहादुर विष्ट (पेप्सीकोला), कमला बञ्जाडे (डिल्लीबजार) लाई सम्मान गरिएको थियो ।

त्यसैगरी दैनिक आवधिक बचत तर्फ सीतादेवी घिमिरे (कोटेश्वर), मीनाकुमारी बुढाथोकी (बानेश्वर), कल्पना काफ्ले (भिमसेनस्थान) लाई सम्मान गरिएको थियो भने उद्यमशील बचत तर्फ मनिराज विष्ट (नयाँ बस्ती), लोकनाथ गुरागाई (बानेश्वर), लक्ष्मी बिष्ट (महाबौद्ध) लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने मध्येबाट खीमादेवी बस्नेत (इमाडोल), मानकुमार गुरूङ (पासिकोट) र जनकलाल पराजुली (बानेश्वर) लाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सदस्यका माता पिता मध्येबाट केहीलाई पनि सम्मान गर्ने परम्परालाई पनि यसपटक निरन्तरता दिएको थियो । जस अन्तर्गत नइन्द्रबहादुर विष्ट तथा पर्शुराम विष्टका पिता तथा माता पदमबहादुर विष्ट र मनकुमारी विष्ट, मनिराज विष्टका पिता मानबहादुर विष्ट र हेमबहादुर थापाका पिता दिलबहादुर थापा लगायतलाई सम्मान गरिएको थियो ।

सभामा सदस्य तथा सदस्यका परिवारका सदस्यहरुको सम्झनामा मौन थारण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij