२०८३ साउन १० आइतबार

सुमेरु सेभिङको बार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना

ई आर्थिक    मंगलबार, साउन ७ २०७६
23.7K
Shares
सुमेरु सेभिङको बार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना

ई–आर्थिक, काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफ्नो २१ औं बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरेर मनाएको छ ।

संस्थाको बार्षिकोत्सवको अवसर पारेर सुमेरू लायन्स क्लबद्वारा आयोजित सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सुमेरू हस्पिटल धापाखेल देखि सुमेरू मार्ट सातदोबाटो सम्मको सडक सरसफाई कार्यक्रममा करिब ३५० जना स्टाफ तथा शुभचिन्तकहरूको उपस्थित रहेको थियो ।

त्यसैगरी सोही अवसर पारेर लायन्स क्लब अफ सुमेरू बहृत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘सुमेरूको सामाजिक अभियान, गरौं रक्तदान, गरौं जीवनदान’ भन्ने नाराका साथ गरिएको उक्त रक्तदान कार्यक्रममा ४७६ जनाले रक्तदान गरेका थिए ।

सोही अवसर पारेर सुमेरु ग्रुप अन्तरगत रहेका संस्थाहरुबीच ‘अन्तरसंस्था सप्ताहव्यापी फूटसल प्रतियोगिता’ पनि आयोजना गरिएको थियो ।

संस्थाको सोही वार्षिकोत्सवको अवसरमा सुमेरु किड्नी अस्पतलामा दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको थियो । अति विपन्न परिवारका एक महिला र एक पुरुषको मृगौला प्रत्यारोपण सफल भएको सुमेरू समूहका अध्यक्ष भरत महर्जनले जानकारी दिए ।

‘स्वास्थ, शिक्षा, सहकारी, सम्वृद्धि, व्यवसाय र रोजगारी’ भन्ने मुल उदेश्यका साथ २१ वर्षअघि स्थापना भएको संस्थाको केन्द्रीय कार्यालय पूल्चोकमा रहेको छ ।

सुमेरू सहकारीबाट शुरु भएको सुमेरू समूह मातहतमा हाल ठूलो व्यवसायिक समूहको रूपमा स्थापित भएको छ ।

सुमेरु समूहको लगानी सहकारीका अतिरिक्त शिक्षा, स्वास्थ्य र सेवामूलक क्षेत्रमा रहेको छ । यो समूहमा अहिले दर्जनको हाराहारीमा संस्था रहेका छन् । ती संस्थामा करिब १३ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो समूहमा सुमेरू सहकारीका अतिरिक्त सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, सुमेरु किड्नी अस्पताल, सुमेरु डाइनेष्टिक, सुमेरु मार्ट, सुमेरु मेडिकल कलेज, एशियन कलेज फर एडभान्स स्टडिज, सुमेरु मनी एक्स्चेज, सुमेरु मनी ट्रान्सफार, सुमेरु योग व्यायामशाला सञ्चालित छन् । त्यसैगरी सुमेरु रिसोर्ट लगायत केही नयाँ परियोजना समेत निर्माण प्रक्रियामा रहेका छन् ।

३० करोड रुपैयाँ लगानीमा निर्माण गर्ने प्रक्रियामा रहेको उक्त रिसोर्टको लागि चोभारमा ४० रोपनी जग्गा समेत लिइसकेको अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij