२०८३ साउन ९ शनिबार

‘सुमेरूको ख्याति र प्रतिष्ठालाई देशव्यापी बनाउँदै लगिनेछ’

ई आर्थिक    शनिबार, साउन ४ २०७६
17.7K
Shares
‘सुमेरूको ख्याति र प्रतिष्ठालाई देशव्यापी बनाउँदै लगिनेछ’

भरत महर्जन, अध्यक्ष, सुमेरू समूह/सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.

ललितपुरको पूल्चोकमा मूख्य कार्यालय रहेको सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापनाको २० बर्ष सफलतापूर्वक पुरा गरी २१ औं बर्षमा प्रवेश गरेको छ । स्थानीय र प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा सुमेरू समूहले सुमेरू नामबाट सञ्चालित आधा दर्जन जति संस्थाहरु सञ्चालित छन् । ति संस्थाहरूले १३०० को हाराहारीलाई रोजगारी दिएको छ । ति संस्था मध्ये सुमेरू सेभिङ्ग पुरानो, एउटा एतिहासिक महत्व बोकेको आस्था, अस्तित्व र प्रतिष्ठासँग जोडिएको संस्था हो । सुमेरूका प्रबद्र्धकहरुले अर्को ठूलो प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण संस्था सुमेरू अस्पताल, सुमेरू सिटी अस्पताल सञ्चालनमा ल्याएर सहकारीका सदस्यलाई समेत विशेष छुटमा सेवा प्रदान गरिरहेको छन् । त्यसैगरी स्वास्थ्यसँग जोडिएर शिक्षाको क्षेत्रमा समेत सुमेरूले आफ्नो पाइला अगाडि बढाइसकेको छ । यो समूहले सातदोवाटोमा सुमेरू मार्ट पनि सञ्चालन गरिरहेको छ । विभिन्न सेवामुलक तथा सामाजिक संस्थाहरु स्थापना गरी सुमेरूले देशभर आफ्नो नामलाई एउटा प्रतिष्ठित ‘ब्राण्ड’ को रूपमा स्थापित गरेको छ । सुमेरू सेभिङ्ग २१ औं बर्ष प्रवेश गरेको अवसर पारेर समूह र समूह मातहतको सुमेरू सेभिङ्गका विषयमा गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड २१ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको यो अवधि कस्तो रह्यो ?
सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड आफ्नो स्थापनाकालको २० बर्ष सफलतापूर्वक पुरा गरी २१ औं बर्षमा प्रवेश गरेको छ । सुमेरू सेभिङ्गको दुई दशक बढीको यो सुखद् यात्रा सबै सुमेरूकर्मीको लागि गौरब र खुशीको विषय भएको छ । सुमेरू एउटा निर्दिष्ट लक्ष्य र उद्देश्यका साथ स्थापना भएको संस्था हो । सुमेरूको लक्ष्य र उद्देश्य पुरा गर्न सम्पूर्ण सुमेरू टिम लागेको छ । सुमेरूको उक्त टिमवर्कको कडा मेहनत र परिश्रमले संस्थाको हालसम्मको कार्यकाललाई उपलब्धिमूलक बनाइदिएको छ ।

२१ बर्षसम्म आइपुग्दा संस्थाले गरेको प्रगतिको समिक्षा कसरी गर्नुहुन्छ ?
हाम्रो संस्थाको उमेर जति बढिरहेको छ, त्यति नै संस्था परिपक्व बन्दै गएको छ । यो अवधिसम्म आइपुग्दा संस्था र सेवाग्राही सदस्यहरु दुबैले एक अर्कालाई बुझिसकेका छन् । एक अर्काको आत्मामा भिजेका सुमेरूका हजारौं सदस्यहरू निरन्तर संस्थामा आबद्ध भई विगत लामो समयदेखि सेवा लिइरहनु भएको छ । यो हामी सबैको लागि गर्बको विषय हो । २१ बर्षसम्म आइपुग्दा संस्थाले हजारौं सदस्यलाई मन जित्ने प्रभावकारी सेवा प्रदान गर्न सफल भएको छ । संस्थाको सरल, भरपर्दो र प्रभावकारी सेवाका कारण संस्थामा थप नयाँ सदस्यहरु जोडिने क्रम पनि जारी रहेको छ । सहकारी भनेको सदस्यमा आधारित संस्था हो । सहकारी संस्थाको मूख्य लक्ष्य नै सदस्यहरुको जीवनस्तर उकास्न विभिन्न गतिविधिमार्फत सेवा प्रदान गर्ने हो । संस्थाले दिंदै आएको सेवावाट सदस्यलाई सन्तुष्ट वनाउनु हो । सदस्यहरुले निरन्तर सन्तोषजनक सेवा प्राप्त गरिरहनुलाई संस्थाले आफ्नो २१ बर्षसम्मको कार्यकाललाई उपब्धिमूलक मानेको छ ।

कस्ता बर्गका सदस्यहरूले संस्थाबाट सेवा लिइरहनुभएको छ । संस्थाको लक्षित वर्ग कुन हो ?
सहकारी भनेको सबै वर्ग र समूदाय अटाउने साझा घर हो । संस्थावाट प्राप्त सेवाको प्रकृति अनुसार यहाँ सबै बर्गका सदस्यहरूले सेवा लिइरहेका छन् । सुमेरूमा स–साना नाङ्ले पसलेको स–साना बचत संकलन गर्ने र तिनीहरुलाई आवश्यक परेको बखतमा कर्जा पनि दिने भएकाले नाङ्ला पसले हाम्रा सदस्य छन् । व्यवसायीमा लागेका व्यवसायीहरूले पनि संस्थाको प्रभावकारी सेवा उपयोग गरिरहनुभएको छ । त्यस्तै बाल, युवा, बृद्धबृद्धालाई लक्षित सेवा दिइरहेका छौं । त्यसैगरी मध्यम र ठूला बचतकर्तालाई पनि घरदैलो बचत तथा रकम फिर्ताको मोवाइल सेवा उपलब्ध गराइरहेका छौं । त्यस्ता सदस्यहरु पनि सुमेरूमा सदस्य भई नियमित सेवा लिइरहनुभएको छ । सहकारीको इतिहासमै पहिलो अभ्यासस्वरुप विहान ८ बजेदेखि वेलुका ८ बजेसम्म, ३६५ दिने सेवा, संस्थाभित्रवाटै रेमिटान्स, मनि एक्सजेन्जजस्ता विशिष्ट सेवा पनि उपलब्ध गराइरहेको हुनाले मध्यम तथा उच्चवर्गीय सदस्यसमेत हाम्रो सेवा लिई लाभान्वित भइरहनुभएको छ ।

संस्थाले दिने सेवाका थप विशेषताहरु के कस्ता रहेका छन् ?
संस्थाको मूख्य सेवा भनेको बचत संकलन र कर्जा लगानी नै हो । बचतलाई विशिष्टीकृत गरी खुत्रुके, भविष्य, गृहिणी, विशेष, क्रमिक, चल्ती, मुद्धती, बृद्धबृद्धा बचतखाताहरु सञ्चालन गरिएको छ । हामीले सदस्यको हितलाई मध्येनजर गर्दै मोवाइल सेवामार्फत घरदैलोवाटै बचत संकलन गर्ने तथा निक्षेप पु¥याइदिने व्यवस्था गरेका छौं । त्यस्तै सदस्यहरुलाई आवश्यक पर्ने अतिरिक्त सेवाहरु प्रदान गर्न, आईएमई, प्रभु, सामसारा, सिटी एक्सप्रेस, नविल रेमिट, वेष्टर्न युनियन, मनिग्रामजस्ता मनि ट्रान्सफर कम्पनीवाट रेमिटान्स सेवा उपलब्ध गराउदै आएका छौं ।
त्यसैगरी मनि एक्सचेन्ज सेवा, विशेष छुटमा एम्वुलेन्स तथा स्वास्थ्य सेवामा छुट पनि उपलब्ध गराउदै आएको छ । यी सेवा धापाखेलमा रहेको संस्थाको सदस्य सुविधा केन्द्र तथा संस्थाको सबै शाखा सञ्जालहरूवाट समेत प्राप्त गर्न सकिने छ । विश्वासिलो, भरपर्दो, सरल, आधुनिक र प्रभावकारी सेवा नै संस्थाका मूख्य विशेषता हुन ।

सुमेरू सेभिङ्गको कार्यक्षेत्र रहेको स्थान पूल्चोक र आसपासमा धेरै सहकारी संस्थाहरू सञ्चालित छन् । प्रतिस्पर्धाको अवस्था कस्तो छ ?
सुमेरू देशकै उत्कृष्ठ र प्रतिष्ठित सहकारीमा पर्छ । त्यो हाम्रा सदस्यहरूले राम्ररी बुझ्नु भएको छ । स्थानीयस्तरमा त सुमेरूको नाम नै काफी छ । त्यसैगरी सदस्यहरूमा सुमेरूको सेवा पनि अब्बल छ । त्यसकारणले संस्थाको आसपासमा जति संस्था भए पनि सुमेरूलाई केही फरक पर्दैन र परेको पनि छैन ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले के कस्ता गतिविधि गर्दै आएको छ ? सहकारी अभियानमा संस्थाको योगदान कस्तो रहेको छ ?
संस्थाले वार्षिकोत्सव लगायतका विभिन्न अवसर पारेर रक्तदान र सरसफाई गर्दै आएको छ । त्यस्तै समाज परिवर्तनका लागि स्थानीयस्तरबाट गरिने हरेक गतिविधिमा संस्थाले आवश्यक सहयोग सहित सक्रिय सहभागिता जनाउँदै आएको छ । संस्थाको आसपासमा रहेका ७५ बर्ष नाघेका बृद्धबृद्धा तथा एकल महिला सदस्यलाई राज्यले उपलब्ध गराउदै आएको भत्ता बरावर ‘सामाजिक सुरक्षा भत्ता’ शिर्षकमा रकम उपलब्ध गराउँदै आएको छ । समाज र समुदायको लागि गरिने स्थानीयस्तरका सबै गतिविधिमा संस्थाले सहयोग र सहकार्य गर्दै आएको छ । त्यस्तै संस्थाले सहकारी अभियानमा पनि सक्रिय योगदान पु¥याउँदै आएको छ । सहकारी अभियानका नाममा सहकारीका छाता संस्था, सहकारीका सरकारी निकायले गर्ने हरेक गतिविधिमा संस्थाले राम्रो उपस्थिति जनाउँदै आएको छ ।

संस्थाको वित्तीय अवस्था कस्तो छ ?
सुमेरू सेभिङ्गले नाफालाई भन्दा पनि बढी सेवालाई ‘फोकस’ गरेको छ । यद्यपी सेयर सदस्यहरूलाई उचित प्रतिफल दिने कार्यमा सुमेरू सचेत छ । यस कार्यमा सुमेरूलाई निरन्तर सफलता मिल्दै आएको छ । त्यस्तै संस्थाको वित्तीय अवस्था अत्यन्तै सवल र सक्षम रहेको छ । संस्था निरन्तर नाफामा सञ्चालित हुँदै आएको छ ।

संस्थाले लगानीको लागि के कस्तो क्षेत्रलाई प्राथमिकता दिंदै आएको छ ? असुलीको अबस्था कस्तो छ ?
सदस्यलाई आवश्यक पर्ने सबै किसिमका आवश्यकतामा सुमेरूले लगानी गर्ने गरेको छ । विशेषगरी उक्त लगानी संस्था र सदस्यको हितका लागि उत्पादनमूलक बनोस्, सदस्यको आर्थिक समृद्धिमा सहयोगी बनोस् भन्ने संस्थाका चाहाना र ध्येयर रहने गरेको छ । सानो आकारका एकआध सामुहिक जमानीमा मात्रै हामीले कर्जा लगानी गरेका छौं । बाँकी लगानी गर्दा लगानीको औचित्य र पर्याप्त धितो सुरक्षणका आधारमा मात्रै गर्ने भएकाले पनि असुलीको अवस्था सन्तोषजनक रहेको छ ।

संस्थाको भावि योजना के कस्ता छन् ?
यो संस्थाले सदस्य र राष्ट्रकै समृद्धिमा योगदान पु¥याउने महत्वकांक्षी लक्ष्य र योजना बनाएको छ । यी लक्ष्य र योजनामा संस्थालाई क्रमशः सफलता पनि मिलिरहेको छ । स्थापनाको २१ बर्ष सम्म आइपुग्दा संस्थाले सहकारीको माझ एउटा छुट्टै पहिचान र इतिहास बनाउन सफल भएको छ । यस्ता लक्ष्य र योजनालाई पुरा गर्न संस्थाले आफ्ना सदस्यमूखि योजना र कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउने छ ।
सहकारीको मूल्य र मान्यतामा रहेर संस्थाका सदस्यलाई लाभान्वित बनाउने, आर्थिक सामाजिक समृद्धिमा टेवा पुग्ने किसिमका गतिविधिमा संस्थाले विभिन्न क्रियाकलाप गर्दै लैजाने योजना रहेको छ ।

सुमेरू समुह अन्तर्गत के कस्ता संस्थाहरू सञ्चालनमा रहेका छन् ? लक्षित क्षेत्र कुन हो ?
सुमेरू समूहबाट सञ्चालित संस्था मध्ये सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सबै भन्दा पुरानो र ऐतिहासिक महत्व भएको संस्था हो । त्यस्तै सुमेरू हस्पिटल, सुमेरू सिटी हस्पिटल, एशियन कलेज फर एडभान्स स्टडिज, सुमेरू इन्भेष्टमेन्ट एण्ड रेमिटान्स्, सुमेरू किड्नी अस्पताल, सुमेरू मेडिकल कलेज, सुमेरू लायन्स क्लब, सुमेरू मेडिटेशन, सुमेरू प्रिन्ट हाउस, सुमेरू मनी एक्सचेन्ज र सुमेरू मार्ट यस संस्थाद्वारा सञ्चालित संस्था हुन । यी मध्ये सुमेरू समूहका लागि शिक्षा, स्वास्थ्य र सहकारी प्राथमिकताका क्षेत्र हुन ।

यो समूहले रोजगारी र राजश्वमा के कस्तो योगदान पु¥याइरहेको छ ?
मुलुककै आर्थिक गतिविधिमा सुमेरूको राम्रो योगदान रहेको छ । आधा दर्जन भन्दा बढी संस्था सञ्चालन गरिरहेको यस संस्थाले राज्यलाई राजश्व र रोजगारीमा राम्रो योगदान पु¥याइरहेको छ । यो समूह अन्तर्गत सञ्चालित संस्थाहरूमा अहिले १३०० को हाराहारीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने त्यत्तिकै संख्यामा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् ।

सुमेरू समूह मातहतका संस्थाले दिने सेवा सुविधिहरूको बारेमा बताइदिनोसन् ?
सुमेरू समूह मातहतमा सहकारी बाहेक स्वास्थ्य, शिक्षा, आवास र व्यवसायिक तथा सामाजिक प्रकृतिका संस्थाहरु रहेका छन् । सहकारीसँगै सुमेरू अस्पताल यो समूहको अर्को ठूलो प्रतिष्ठाको संस्था हो । यो समूह स्थानीय बौद्धिक, लब्धप्रतिष्ठित तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा सञ्चालित रहेको छ । यो समूह मातहतबाट जति पनि संस्थाले सेवाहरु प्रदान गरिरहेका छन्, ति सबैले सेवाग्राहीको मन जित्न सफल भएको छ । सुमेरू मातहतका सबै संस्था सेवा भावबाट अभिप्रेरित रहेकाले पनि सुमेरूप्रति सेवाग्राहीको छुट्टै छाप छ । सुमेरूप्रति सेवाग्राहीको आकर्षण दिन प्रतिदिन बढेसँगै यो समूहबाट सञ्चालित संस्थाहरुको संख्या पनि बढिरहेको छ । हजारौंलाई रोजगारी र करोडौं राजश्व तिरेर राज्यको आर्थिक क्रियाकलाप बृद्धि समेतमा यो संस्थाले महत्वपूर्ण टेवा पु¥याउदै आएको छ । सुमेरूको विगतको यो ख्याति र साखलाई अब देशका विभिन्न स्थानमा फैल्याउदै लगिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij