३१ असार २०७६, काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४-७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् ।
मलेसिया जाने कामदारको संख्या गत वर्षको तुलनामा ९४.६ प्रतिशत घटेको छ । चालु आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा गत वर्ष ९९ हजार दुई सय ३६ कामदार रोजगारीका लागि गएका थिए । मलेसियासँग श्रम सम्झौता गरी व्यवस्थितरूपमा कामदार पठाउने भन