२०८३ भाद्र ३० मंगलबार

क्यूपेक–नेपाल ललितपुरको जिल्ला भेला सम्पन्न

ई आर्थिक    आइतबार, असार २९ २०७६
8.4K
Shares
क्यूपेक–नेपाल ललितपुरको जिल्ला भेला सम्पन्न

ई–आर्थिक, काठमाडौं । क्यूपेक–नेपाल ललितपुर जिल्ला महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पम्फा कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्यूपेक केन्द्रीय कमिटीका महासचिब गोपाल कार्की रहेका थिए ।
क्यूपेक ललितपुर जिल्ला कार्यालय धोबिघाट ललितपुरमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महिला सचिब निर्मला थापामगरले गरेकी थिइन ।

कार्यक्रममा आमन्त्रित आतिथिहरुमा क्यूपेक केन्द्रीय कमिटी सचिब राजेन्द्र बिष्ट, सचिब तथा ३ प्रदेश प्रमुख योगेन्द्र शर्मा, सचिब यमकली तङ्नामी मगर, सदस्य धुर्पा देबी राई, जिफन्ट ३ नम्बर प्रदेश सदस्य तथा ललितपुर ईन्चार्च मिङ्मार गोपाल शेर्पा, क्यूपेक काठमाडौं जिल्ला अध्यक्ष सावित्री रोक्का लगायत बिभागिय सदस्यका साथै ललितपुर क्यूपेक जिल्ला सल्लाहाकार अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, लगायत जिल्ला सदस्यहरु, महनगर, नगर, वडा महिला प्रतिनिधिहरुको सहभागि रहेका थियो ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा स्वागत मन्तब्य जमुना थापाले दिएकी थिइन ।

जिल्ला अध्यक्ष श्याम कुमार श्रेष्ठ र सावित्री रोक्काले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा मिङ्मार गोपाल शेर्पाले हामी आफै परिबर्तन सिल हुनुपर्छ जस्तै झुसिल किरा जसरी लार्भा, प्युपा हुदै पुतलीमा परिबर्तन हुन्छ तेसैगरी हामी तपाई पनि परिबर्तन हुनुपर्छ भने । उनले रिसले आफैलाई नष्ट गर्ने भन्दै हामीमा भएको रिस अहमता त्याग्नु पर्ने बताए । सामाजिक सुरक्षा, समाजबादको बिषयमा पनि उनले प्रष्ट्याएका थिए ।

कार्यक्रममा धुर्पा देबि राईले महिलाहरुलाई नीति नियम र सिस्ट्म्को बिषयमा प्रष्ट्याएकी थिइन ।

त्यसैगरी योगेन्द्र शर्माले पनि कमिटिको पद्दती नियम र ३ न प्रदेश कमिटिको ३औ बैठक ले निर्णयगरेका बिषय माथी प्रष्ट्याएका थिए । राजेन्द्र बिष्ट्ले ट्रेड युनियन किन चाहिन्छ ? सदस्य किन बन्ने ? कमिटिमा बसेपछि के कसरी आफ्नो जिम्मेवारी निभाउने ? कुन ठाउमा के कसरी आफ्नो भनाईहरु राख्ने र कुन कुराले कस्लाई कति असर पर्छ भन्ने कुराको बारेमा आफ्नो भनाईहरु राखेका थिए ।

प्रमुख आतिथि गोपाल कार्किले सबै बक्ताहरुको भनाईला मध्येनजर गर्दै क्यूपेक नेपालको संरचना स्थापनाकालदेखि अहिलेसम्मको सङ्घर्ष चुनौती अवसर, प्राप्तिका बिषयमा प्रष्ट्यानुका साथै क्यूपेक–नेपालको उद्देश्येको बारेमा बोलेका थिए । उनले निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुको समृद्धि जीवन, सुखी जीवन बनाउनु नै क्यूपेक–नेपालको मुख्य लक्ष्य भएको भन्ने बिषयमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको समापन अध्यक्ष पम्फा कार्कीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij