२०८३ साउन ९ शनिबार

राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा चित्राकुमारी थाम्सुहाङ सुब्बा

ई आर्थिक    शुक्रबार, असार २० २०७६
12.8K
Shares
राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा चित्राकुमारी थाम्सुहाङ सुब्बा

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको बिहिबार बसेको बोर्ड बैठकले चित्राकुमारी थाम्सुहाङ सुब्बालाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको छ । उहाँ यस अघि महासंघमा कामु महाप्रबन्धका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा महाप्रबन्धकको जिम्मेवारी पाउने उहाँ पहिलो महिना समेत हुनुहुन्छ ।

उहाँ करिब दुई दशकदेखि सहकारी अभियानमा क्रियाशिल रहनुभएको छ । बोर्डले महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेपछि महासंघका अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटालगायत संचालक तथा लेखा समितिका सदस्यहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

महाप्रबन्धकको जिम्मेवारी पाएपछि सुब्बाले आफूले सहकारी अभियानलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा अगाडी बढाउन सक्रिय भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij