२०८३ साउन ११ सोमबार

सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ : देउवा

ई आर्थिक    शनिबार, असार १४ २०७६
4.1K
Shares
सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ : देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई शनिबार यहाँ सम्मान गर्दै उनले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भने ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी छन् ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।’

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

नेपाली काङग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पु¥याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाए ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उनले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा व्यक्त गरे ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीले जनतामा राज्यबाट प्रदान गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध छ भने । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले स्थानीय तहले सङ्कलन गर्ने राजश्वको ५० प्रतिशत खर्च गर्न पाउने व्यवस्था कडाइका साथ पालना गराउन तथा स्थानीय तहलाई कुन ढाँचामा अघि बढाउने भन्नेमा पार्टीको स्पष्ट निर्देशन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij