२०८३ साउन ९ शनिबार

सीतापाईला सहकारीको ईचंगु सेवा केन्द्र सञ्चालनमा

ई आर्थिक    आइतबार, असार ८ २०७६
11.5K
Shares
सीतापाईला सहकारीको ईचंगु सेवा केन्द्र सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाको इचुंगु सेवा केन्द्र सञ्चालनमा आएको छ ।

नागार्जुन नगरपालिका –३, पांचधारामा खोलिएको उक्त सेवा केन्द्र कार्यालयको शुभारम्भ संस्थाका संस्थापक सदस्य तथा नागार्जुन नगरपालिकाक मेयर मोहनबहादुर बस्नेतले गरेका थिए ।

उक्त औपचारिक शुभाराम्भ कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष केदार मानन्धरले गरेका थिए । साबिक ईचंगु हाल नागार्जुन नगरपालिकाको वडा नं. १, २ र ३ क्षेत्रका सदस्यहरूलाई सहज रुपमा सेवाको पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्रको सञ्चालन गरिएको संस्थाका अध्यक्ष केदार मानन्धरले बताए ।

उक्त क्षेत्रमा संंस्थाका ७ वटा महिला लघुवित्त केन्द्र सहित ९ सय सदस्यहरुले कारोबार गरिरहेका छन् । उद्घाटनको दिन १२५ भन्दा बढि खाता खोलिएको छ । संस्थाले सदस्यहरुलाई एटीएम, मोवाइल बैंकिङ र रेमिटान्सको सुबिधा समेत उपलब्ध गराएको छ ।

संस्थाको मूख्य कार्यालय सीतापाइलामा रहेको छ । संस्थाले सदस्यहरूलाई आफ्नै भवनबाट एटीएम सहितको आधुनिक र प्रभावरी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij