ई–आर्थिक, काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा सुरुङमा फसेका कामदारको शुक्रबार बिहान सकुसल उद्धार गरिएको छ। सुरुङमा फसेका ६ चिनीया नागरिकसहित १७ जनाको सकुसल उद्धार गरिएको हो ।
निर्माणधीन सुरुङमा बिहीबार सुख्खा पहिरो जाँदा उनीहरु सुरूङभित्रै रोकिएका थिए । बाहिर निस्कँदा जोखिम हुनसक्ने भन्दै कामदारलाई रातभरि सुरुङभित्रै बस्न भनिएको थियो । भित्र फसेका कामदारलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटेको थियो ।