२०८३ साउन ११ सोमबार

तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको विषयलाई लिएर पप्पु कन्स्ट्रक्सन फेरि विवादमा, कारवाही गर्न सरकारलाई निर्देशन

ई आर्थिक    शुक्रबार, जेष्ठ ३१ २०७६
6.1K
Shares
तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको विषयलाई लिएर पप्पु कन्स्ट्रक्सन फेरि विवादमा, कारवाही गर्न सरकारलाई निर्देशन

ई–आर्थिक, काठमाडौं । पप्पु कन्स्ट्रक्सन कम्पनी फेरि विवादमा तानिएको छ । लामो समयअघि देखि विवादमा रहेको यो कम्पनीलाई सरकारलाई कारवाही गर्न निर्देशन दिएको हो । तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का विषयलाई लिएर पप्पुलाई कारवाही गर्न निर्देशन दिएको हो ।

संसदीय समितिको आजको बैंठकले पप्पुलाई कारवाही गर्न निर्देशन दिइसकेको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पुलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो। त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो।

दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ।

समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो। यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij