म्यानपावर कम्पनीले सेवा सहजीकरणका लागि राख्दै आएका प्रतिनिधि (एजेन्ट) प्रणालीलाई सरकारले खारेज गर्दै युवाको पासपोर्ट सम्बन्धित म्यानपावर कम्पनीका सूचीकृत कर्मचारीबाहेक अरु कसैले राख्न नपाउने नियम बनाएको हो । एजेन्ट र म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने युवासँग लिने सेवा शुल्क र त्यसको पारर्दर्शीतामा गुनासो बढ्न थालेपछि सरकारले म्यानपावर कम्पनीका लागि सहजीकरण गर्दै आएका यस्ता एजेन्टको लाइसेन्स खारेज गरेको हो । कतिपय एजेन्टले म्यानपावर कम्पनीलाई जानकारी नै नदिइ युवासँग सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिएको घटना बढ्दै गएर युवा ठगिन थालेपछि एजेन्ट प्रणाली पूर्ण रूपमा खारेज गरिएको हो ।
वैदेशिक रोजगार विभागले बिहीबार सूचना सार्वजनिक गर्दै वैदेशिक रोजगार व्यवसायीका एजेन्ट खारेज गर्ने घोषणा गर्दै कसैको पासपोर्ट राख्ने र पैसाको कारोबार गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐनको दफा २६ को उपदफा १० (क) अनुसार एजेन्ट खारेज गरिएको जनाएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा गरिएको संशोधन व्यवस्थाअनुसार वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि रहने व्यवस्था खारेज भएको जनाइएको छ । यसअघि विभागबाट अनुमति लिई नेपालभित्रका कुनै पनि स्थानमा आफ्नो संस्थाको प्रतिनिधि नियुक्त गरी वैदेशिक रोजगारसम्बन्धी कामकाज गराउनसक्ने व्यवस्था थियो । अब वैदेशिक रोजगारका लागि इजाजतप्राप्त सम्पूर्ण संस्थाहरूलाई संस्थाको तर्पmबाट नियुक्त गरिएका प्रतिनिधिबाट वैदेशिक रोजगारसम्बन्धी कुनै पनि किसिमको कार्य नगर्न सूचित गरिएको छ ।
विभागले एजेन्ट खारेज गरेसँगै सबै म्यानपावर कम्पनीका कर्मचारीको नामावली समेत माग गरेर पासपोर्ट र कम्पनीको कारोबार गर्नसक्ने व्यक्तिको सूची तयार गरिसकेको छ । अब युवाले आफनो पासपोर्ट सम्बन्धीत म्यानपावरले करार वा तलबी रूपमा राखेको कर्मचारीसँग मात्र वैदेशिक रोजगारसम्बन्धी सेवाको काम गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।वैदेशिक रोजगारी नघटेको दावी
वैदेशिक रोजगार विभिागले विगत केही दिनदेखि वैदेशिक रोजगारीमा पठाउने कार्य अवरुद्ध भएको भन्ने हल्ला निराधार रहेको जनाएको छ । तर, मुसलमान धर्मावलम्बीहरूको महान चाड रमजानका कारण केही दिनलाई रोकिएको उसको स्पष्टोक्ति छ ।नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुस्लिम बहुल देशहरू नै रहिआएका जनाउँदै मुसलमान धर्मावलम्बीहरूको महान चाड रमजानको समय र रोजा अवधिमा मुस्लिम वाहुल्य देशहरूमा कामदार रिसिभ गर्ने कार्य कम हुने भएकाले कम कामदार गएका कारण उडयन कटौती भएको जनाइएको छ । “विभागको श्रम डेस्कको तथ्यांकले रमजानको मुख्य दिन नजिकिंदै जाँदा समेत संस्थागततर्फ ैसतमा ३५० जना र व्यक्तिगततर्फ ७०० को हाराहारीमा वैदेशिक रोजगारीमा गएको देखिन्छ,” विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कारोबारबाट