भैरबी साकोसको हल धादिङबेशीमा आयोजित उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य तथा जिल्ला बचत संघ धादिङका महिला उपाध्यक्ष सिता दुवाडी खनालले कार्यक्रमको औचित्यता तथा प्रभावकारीताको वारेमा जानकारी गराउँदै नेफ्स्कून तथा जिल्ला बचत संघमा आबद्ध हुन बाँकि संस्थाहरुलाई आबद्धतताका लागि आह्वन गर्नुभयो ।
जिल्ला बचत संघका सदस्य पार्वती अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीमा लागेका महिलाहरुले बचत सँग सँगै उद्यमशील हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्वाह गर्नुभएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले सहकारी क्षेत्र प्रति नगरपालिका सदैब सकारात्मक भएको र महिलाहरुलाई उद्यमशील बनाउने कार्यक्रममा सहकार्य गर्न नगरपालिका तयार रहेको कुरा स्पष्ट पार्नुभयो । साथै महिला तथा पुरुष दुवैलाई उद्यमशील बनाउन नगरपालिकाले मेयर उद्यमशील कार्यक्रम पनि सञ्चालनमा ल्याएको जानकारी गराउनु भयो ।
नेफ्स्कूनका उपाध्यक्ष तथा फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका संयोजक पार्वति खाँड राईको अध्यक्षतामा आयोजित कार्यक्रलाई नेफ्स्कूनका केन्द्रीय सञ्चालक सदस्य गोमा नेपालले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, धादिङ जिल्ला बचत संघका पदाधिकारीहरु साथै धादिङका ३५ भन्दा बढि साकोसहरुका अध्यक्ष, सचिब तथा कर्मचारी सहित ६६ जनाको सहभागिता रहेको थियो ।