२०८३ साउन ११ सोमबार

व्यवसायिक छाता संगठनको अध्यक्षमा थपियो महिला, होटल सङ्घमा सिर्जना राणाको नेतृत्व

ई आर्थिक    शुक्रबार, बैशाख २७ २०७६
10.3K
Shares
व्यवसायिक छाता संगठनको अध्यक्षमा थपियो महिला, होटल सङ्घमा सिर्जना राणाको नेतृत्व

ई–आर्थिक, काठमाडौं । महिलाहरू पनि महत्वपूर्ण तहमा पुग्ने क्रम जारी रहेको छ । यो क्रमलाई निरन्तरता दिने काम होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले गरेकी छन् । उनी नेपालका होटल व्यवसायीहरूको छाता संगठन होटल संघ नेपालको अध्यक्षमा निर्वाचित भएकी हुनु । उनी होटल डेला अन्नपूर्णको प्रमुख कार्यकारी अधिकृत हुन् ।

नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व भवानी राणाले गरिरहेको समयमा होटल व्यवसायीहरूको छाता संगठनको नेतृत्व पनि महिलामा पुगेको हो ।

संघको प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रीलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल बैशालीका विशाल कुमार निर्वाचित भएका छन् ।

२५ सदस्यीय नयाँ कार्यसमितिका सदस्यहरूमा भने दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोदशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij