ई–आर्थिक, काठमाडौं । सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिशुली गल्छी जलविद्युत परियोजना निर्माणको लागि वि जोन अफ लुओहुनाग इन्डष्ट्रियल पार्क चाइनामा प्रधान कार्यालयमा रहेकोे चोङक्वीन वाटर टर्वाइन वक्र्स कम्पनी लिमिटेड (सीडब्ल्यूटीडब्ल्यू) ले इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडेलमा निर्माण कार्य गर्ने गराउने संझौता भएको छ । यस सम्बन्धी संमmौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र सीडब्ल्यूटीडब्ल्यू कम्पनीका भाइस जनरल म्यानेजर क्यू जियाङ वेईले दस्तखत गरेका थिए ।
उक्त संझौतानुसार चिनको सीडब्ल्यूटीडब्ल्यू कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सुसञ्चालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएको छ । आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने पनि सहमति भएको छ ।

यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यही विधिबाट निर्माण भईरहेको जानकारी दिएको छ ।
सुरुमा ७५ मेगावाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल ड्याम डोई टाईप पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिने भएको छ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशन लाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपूर्ति गरिने भएको छ । यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागि शेयर निष्काशन गरिने जानकारी कम्पनीले दिएको छ ।
यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुने विश्वास पनि कम्पनीले लिएको छ । त्यसैगरी प्रदेश नंं. ३ को यो एक आकर्षक आयोजना हुनेछ । यो एक बहुद्देशीय परियोजना भएको हुँदा यसमा निजी–सरकारी साझेदारीको संभावना रहेको कुरा कम्पनीका अध्यक्ष डा. उप्रेतीले बताए । पूर्वाधारहरु पुगेका ठाँउमा यस प्रकारका थुप्रै आयोजनाहरु निर्माण हुने विश्वास पनि उनले व्यक्त गरे ।