२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्न आग्रह

ई आर्थिक    बुधबार, बैशाख २५ २०७६
3.2K
Shares
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्न आग्रह
काठमाडौँ । काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ ।

यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । ‘३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन्, यो सङ्ख्या अत्यन्तै कम हो’, महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘जानकारी नभएर पनि धेरैले आवेदन फारम भर्न नसक्नु भएको हो भने तत्काल भर्नुस् अझै केही दिन बाँकी छ ।’

एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गरेका थिए । सूचीमा परेकाले १०० दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ता पाउने व्यवस्था रहेको छ । यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij