२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

ई आर्थिक    बुधबार, बैशाख २५ २०७६
9K
Shares
एन आई सी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबिच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतासँगै स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देशभरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टरमार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij