२०८३ साउन ११ सोमबार

सिबिआइएल क्यापिटलको कामु सिइओमा गिरी

ई आर्थिक    शनिबार, बैशाख २१ २०७६
6.2K
Shares
सिबिआइएल क्यापिटलको कामु सिइओमा गिरी

ई–आर्थिक, काठमाडौं । सिबिआइएल क्यापिटल कायममुकायम नवराज गिरी नियुक्त भएका छन् । उनी यसअघि सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

कम्पनीका यस अघिका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भए पछि भएको खाली पदमा कम्पनीले कायम मुकायम पद दिंदै उनलाई जिम्मेवारी थपिदिएको हो ।

कम्पनीको सञ्चालक समितिले बैशाख १७ गते बसेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा गिरीलाई नियुक्त गरेको हो ।

सिटिजन्स बैंकको सहायक कम्पनीका रुपमा रहेको सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानीमा स्थापना भएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij