ई–आर्थिक, काठमाडौं । अन्नपूर्ण होटल दरवारमार्गले एपीएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले आपूm खेलप्रेमी भएको धारणा राख्दै खेलाडीलाई सम्मान गरेको बताए ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको पाँचौं केएनपी खुला महिला भलिबल प्रतियोगिताको बिजेता टिम एपीएफलाई अन्नपूर्ण होटलले सम्मान तथा लन्चको आयोजना गरेको हो ।
खेलाडी राष्ट्रका गौैरब हुन, सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग खेलाडीलाई आवश्यक सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय खेल भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न अन्नपूर्ण होटल तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्माननै राष्ट्रप्रतिको सम्मान भएको बताए । उनले अन्नपूर्ण होटल प्रति नेपाल भलिबल संघ आभारी रहेको बताए ।
नेपाली टिमकी कप्तान समेत रहेकी एपीएफकी कप्तान बिनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले नयाँ अनुभवका साथै उत्साहित बनाउने बताईन् । एपीएफकै खेलाडी रेश्मा भण्डारीले यो हाम्रो लागि पहिलो अवसर भएको बताउदै भनिन्– ‘हामी उत्साहित भएको छौं सम्मानसँगै पाँचतारे होटलका परिकार लिने अवसर पायौं ।