२०८३ साउन ११ सोमबार

मुक्तिनाथ विकास बैंकको शाखा चितवनको हाकिमचोकमा

ई आर्थिक    बुधबार, बैशाख १८ २०७६
3.2K
Shares
मुक्तिनाथ विकास बैंकको शाखा चितवनको हाकिमचोकमा

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकका नयाँ शाखा चितवनको, हाकिमचोकमा खुलेको छ । बैैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा सो शाखा खुलेको जानकारी दिएको छ ।

उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरूलाई व्यवसायी बन्नमा पु¥याएको सहयोग उल्लेखनीय रहेको बताइन । उनले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल होस भन्दै शुभकामना समेत व्यक्त गरिन् ।

सो कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरू, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij