चिकित्सकका अनुसार ९ महिनामा जन्मिनुपर्नेमा खातुनले सात महिनाभित्रै शिशु जन्माएकी छन्। उनीहरूको पूरा विकास हुन नसकेको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। चारैजना शिशुलाई एनआइसियू (शिशुहरूको सघन उपचार कक्ष)मा विशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ।
अस्पतालमा मंगलबार बिहान ७ बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसियू कक्षमा राखिएको डाक्टरहरूले बताए। चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन्।
नागरिकबाट