२०८३ साउन १२ मंगलबार

साँग्रीला डेभलपमेन्ट बैंक र एनबीआई बीच सम्झौता, आगलागि पिडितका विद्यार्थीलाई बैंकको छात्रबृत्ति

ई आर्थिक    बुधबार, चैत्र २७ २०७५
4.3K
Shares
साँग्रीला डेभलपमेन्ट बैंक र एनबीआई बीच सम्झौता, आगलागि पिडितका विद्यार्थीलाई बैंकको छात्रबृत्ति

ई–आर्थिक, काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि बैंक र इन्स्टिच्युटबीच संझौता भएको हो ।

उक्त सम्झौतामा एनबीआईका तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गर्नुृ भएको थियो ।

सम्झोैता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराइने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइ एप बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरी अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने विश्वास लिइएको छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान यस कार्यले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले लिनुभएको छ ।

आगलागी पिडित कालिकोटका बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग

यसैबीच सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पिडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई जनही रू. ५०,००० का दरले छात्रवृत्ती प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जानकारी दिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई बालबालीकाहरुको छात्रवृत्तिको लागि रु. १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्ने विश्वास लिइएको छ ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij