२०८३ साउन ११ सोमबार

शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने, जेविल्स फाइनान्सले पनि लाभांश वितरण गर्ने

ई आर्थिक    बिहिबार, चैत्र १४ २०७५
3.8K
Shares
शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने, जेविल्स फाइनान्सले पनि लाभांश वितरण गर्ने

काठमाडौँ, १४ चैत : शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

यस्तै जेविल्स फाइनान्सले रु एक करोड ३२ लाख ५६१ बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ । यस्तै रु पाँच लाख २८ हजार २९ बराबरको नगद लाभांशसमेत शेयरधनीलाई वितरण गरिने उक्त कम्पनीले जनाएको छ । गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु ५७ करोड ७९ लाख १२ हजार ५०० रहेको छ ।

उक्त चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम हुने शेयरसमेत समायोजन गरेपछि कायम भएको रु ८० करोड ९० लाख ७७ हजार ५०० बाट लाभांश वितरण गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij