शुभाकर विश्वकर्मा, जुम्ला । साविककाे कर्णाली अंचल सदरमुकाम जुम्लामा पहिलाे पटक महिला प्रमुख जिल्ला अधिकारीका रूपमा दुर्गा बन्जाडे अाएकी छन् । कर्णालीमा प्रजिअ हेरफेर भएसंगै बन्जाडे जुम्ला सरूवा भएकी हुन् । उनी यस अघि सिन्धुपाल्चोक जिल्लामा सहायक प्रजिअ थिईन् । गृह मन्त्रालयले उनलाई जुम्लाकाे प्रजिअ बनाएर पठाएकाे हाे । जुम्लाकाे प्रजिअकाे रूपमा कार्यभार सम्हाल्ने पहिलाे महिला समेत बनेकी छन् ।
जुम्ला पुगेसंगै यहाँका पत्रकार संगकाे भेटघाटमा उनले जुम्लामा प्रजिअ भएर अाउनु अाफ्नाे लागि अवसर भएकाे बताएकी छन् । जुम्ला मेराे राेजाईकाे जिल्ला हाे ,यहाँ नयाँ सन्देश प्रवाह गनर्ने ध्यायले अाएकि हु ।उनले भनिन् । विकास निर्माणमा पारदर्शिता , भष्टचारमा शून्य सहनशिलता र शान्ति सुरक्षा पहिलाे प्राथमिकता हुनेछ । महिला भएकैले थुप्रै अाशा र अपेक्षा रहेकाे मैले बुझेकि छु,साेहि अनुरूप अाफ्नाे तर्फबाट सृर्जनशिल काम गर्ने बताइन् ।
जिल्लामा चाेरी शिकारी बढेकाे ,स्थानीय सरकार र जनप्रतिनिधि,हिंसा लगायातका विषयमा पत्रकारहरूले राखेकाे जिज्ञासा राखेका थिए । पत्रकारहरूका जिज्ञासा माथि उत्तर दिदै नीति र नियम र कानुनकाे परिधिभित्र रहेर अाफ्नाे बलबुता र क्षमताले भ्याय सम्म राम्राे काम गर्ने प्रतिबद्धता व्यक्त गरिने । मिडियाकाे सकारात्मक सहयाेग बिना प्रशासन , प्रहरी र मिडियाकाे सहकार्य अनिवार्य भएकाेमा जाेड दिईन्।
राजधानीबाट